Skip to main content

पशुपन्छिमा लाग्ने रोग तथा कीरा

कृषकहरूको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको पशुपंक्षीहरूको पालन यस गाउँपालिकामा पनि आम्दानीको स्रोत रहेको देखिन्छ । गाउँपालिकामा देखिने पशु रोगहरूमा रेविज, खोरेत, पिपिआर, स्वाइन फिवर, भ्यागुते, चरचरे, नाम्ले, माटे, थुनेलो, प्रजनन् सम्बन्धी र जुका पर्दछन् । गाउँपालिकाको वन जंगलसँग जोडिएका वडाहरूमा एन्टी रेजिव खोप लगाउनुपर्ने देखिन्छ भने खोरेत पिपिआर स्वाइन फिवर जस्ता अत्यन्त संक्रामक रोगको प्रकोप पनि यस गाउँपालिकामा त्यत्तिकै रहेको पाइन्छ। यसका कारणहरूलाई हेर्दा, पशुको अवैध आवत जावत तथा आयात, दयनीय व्यवस्थापन, खोप लगाउनुपर्छ भन्ने चेतनाको कमी, आदि मान्न सकिन्छ । यी रोगको नियन्त्रणका लागि जिल्ला पशु सेवा कार्यालयबाट निरन्तर प्रयास भइरहेको देखिन्छ।

जिवाणुबाट हुने रोगहरू मध्ये भ्यागुत्ते, चरचरे विरुद्ध यस गाउँपालिकाका किसानहरूले खोप लगाउने गरेको पाइन्छ। तापनि यी रोगहरू फाटफुट रुपमा देखिने गरेका छन् । गाउँपालिकामा स्वाइन फिवर, खोरेत, रेविज विरुद्धको खोप कार्य समेत गाउँपालिकाका विभिन्न वडाहरूमा संचालन गर्न सकेमा धेरै हदसम्म रोग नियन्त्रण कार्य सफल हुने देखिन्छ। सामान्यतया पशुपंक्षीमा ठूलो महामारी फैलिएको पाइँदैन । तथापि यहाँका पशुपंक्षीहरूमा खोरेत, भ्यागुते, चरचरे, नाम्ले जुका, रेवीज जस्ता रोगहरूको प्रकोप रहेको छ भने पंक्षीहरूमा मुलत रानीखेत, गम्बोरा, सिआरडी र बर्डफ्लू मुख्य रुपमा लाग्ने गरेको छ ।


तालिका  : पशुमा देखिएका रोगको विवरण

S.N

Disease

Liver Fluke

HS@BQ

Pramphistomom

Nerves Sign

Respiratory Sign

Red Urine

Abortion

Skin Lession

Diarrhoea

१०

Infertility