Skip to main content

खाद्यान्न बालीमा लाग्ने रोग तथा कीरा

गाउँपालिकाको कृषि उत्पादनमा धान, गहुँ, मकै, दलहन, तेलहन, तरकारी, फलफूल आदि नै रुपमा रहेको छ। सामान्यतया धानमा डढुवा, खैरो थोप्ले, सिथ ब्लाइट रोगहरू देखा परेको छ भने गहुँमा कालो पोके र सिन्दुरे जस्ता रोगहरू देखिन्छन् । यसैगरी मकैमा डाठ वा धोगा कुहिने र तरकारी आलु, सागपात आदिमा लेटव्लाइट, मोजाइक, ओइलाउने, खोस्टे, अल्टरनेरिया, कवरट, ड्याम्पिङ्ग अफ, जरा कुहिने जस्ता रोगहरू मुख्य रुपमा देखा पर्दछन् । फलफूलमा विशेषगरी कोत्रे, सेतो धुले रोग, भोजक पात गुजुमुज्ज हुने, जरा कुहिने, ओइलाउने आदि रोगहरूको प्रकोपबाट कृषकहरू समस्यामा परेका छन् । मुख्य बालीहरूमा लाग्ने शत्रु जीव र रोगहरूको विस्तृत विवरण तलको तालिकामा राखिएको छ । 

सि.नं.

बाली

रोग तथा किरा

धान

हरियो फड्के कीरा, कोढी कीरा, थ्रिप्स, ढुङ्गे कीरा, जरामा लाग्ने घुन, कालो पोके, फेद र जरा कुहिने रोग

गहुँ

गुलाबी गबारो, वायरवर्म, गन्हाउने पोके

मकै

लाही, गवारो, डढुवा रोग

आलु

कागे खपटे कीरा

तरकारी(काउली, बन्दा, रायो, मूला आदी)

बन्दाको पुतली, इट्टा बुट्टे पुतली, उफ्रने खपटे, फेद कटुवा, डाउनी मिल्ड्यु, पातको थोप्ले रोग, निमाटोड, क्लव रुट