Skip to main content

पृष्ठभूमि

विकास निर्माणका वैज्ञानिक योजना तर्जुमा गर्नका लागि विश्वसनीय तथा भरपर्दो तथ्याङ्कीय आधार नै
महत्वपूर्ण हुन्छ। यसले तुलनात्मक अध्ययन, अनुसन्धान, विश्लेषण, विवेचना गर्न र सम्भावनाहरूको खोजी गर्न
महत्वपूर्ण भूमिका खेल्ने हुनाले विशिष्टीकृत प्रश्नावलीको आधारमा तयार परिएको Mobile Apps मार्फत
घरधुरी तथ्याङ्क संकलन गरी गाउँपालिकामा रहेका विषयगत कार्यालयहरू तथा अन्य संघसंस्थाहरूको
तथ्यगत स्थिति झल्कने गरी उपलब्ध भएसम्मका सूचनाहरूलाई व्यवस्थित ढंगले सङ्कलन गरी यो
गाउँपालिका पार्श्वचित्र तयार गरिएको छ।
कुनै पनि स्थानीय तह (नगरपालिका/गाउँपालिका) ले आफ्नो क्षेत्रको विकासको लागि भरपर्दो तथ्याङ्कीय
आधार तयार गर्नुपर्ने प्रावधान रहेको छ। राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित “स्थानीय तहको योजना तर्जुमा
दिग्दर्शन २०७५” को अनुसूची ३ मा गाउँ पार्श्वचित्रको ढाँचा सहित समग्र गाउँपालिकाको विकास सम्बन्धी
योजना तथा नीतिहरू तर्जुमा गर्नु पूर्व गाउँ पार्श्वचित्रलाई अद्यावधिक गर्ने कार्य नगरेको खण्डमा अनिवार्य
रुपमा अध्यावधी गर्नुपर्ने उल्लेख छ । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको
समग्र वस्तुस्थिति झल्कने पार्श्वचित्र निर्माणलाई उच्च महत्व दिएको छ । यसै प्रयोजनको लागि गाउँपालिकाको
वस्तुस्थिति झल्कने गरी यस गाउँपालिका पार्श्वचित्र (Rural Municipality Profile) तयार गरिएको हो ।