Skip to main content

उद्देश्य

गाउँपालिका पार्श्वचित्र मूलतः तीनपाटन गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम, योजना तर्जुमा गर्नका
लागि तथ्याङ्कीय आधार सृजना गर्ने सन्दर्भमा तयार गरिएको हो । यसले योजना तथा कार्यक्रमको निर्माण
कार्यान्वयन, अनुगमन, मूल्याङ्कन जस्ता कुराको लेखाजोखा गर्न मद्दत गर्नेछ ।
गाउँपालिकाको आर्थिक, सामाजिक तथा जनसांख्यिक पक्षहरूको प्राथमिक तथ्याङ्क तयार पार्ने ।
> गाउँपालिका भित्र रहेका सेवा सुविधाहरूको बारेमा जानकारी गराउने ।
> गाउँपालिका क्षेत्रभित्रको सम्भावना र समस्याहरूको अवगत गराउने ।
तीनपाटन पार्श्वचित्र (Tinpatan Profile)
> गाउँपालिकाको जनसांख्यिक तथा विकासात्मक वस्तुस्थितिको बारेमा जानकारी गराउने ।
→ गाउँपालिका भित्र बसोवास गर्ने मानिसहरूको आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, तथा पेशागत
स्थितिको बारेमा जानकारी गराउने ।
> गाउँपालिका क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधन तथा सीपको पहिचान गरी समष्टिगत विवरण प्रस्तुत गर्ने

→ गाउँपालिकाको वास्तविक र वस्तुगत सूचना संकलन तथा व्यवस्थापनमा सहयोग गर्ने ।

→ गाउँपालिका क्षेत्रको तथ्याङ्कको आधारमा जिल्ला तथा राष्ट्रिय स्तर सम्म सूचनाको उपलब्धता गराई
व्यवस्थापनमा सहयोग गर्ने ।
> गाउँपालिकाको भावि योजना तथा कार्यक्रम र नीति निर्माणको कामलाई आधार प्रदान गर्ने । → स्थानीय
आवश्यकता र स्रोत साधनको उपलब्धताको अवस्थाको जानकारी गराउने।


No pages are currently in this chapter.