पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरुको विवरण
पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरुको विवरण
गाउँपालिकाका विभिन्न भौगोलिक क्षेत्र तथा वडाहरूमा फैलिएर रहेका नदी, खोलानाला तथा पोखरीहरूले विभिन्न किसिमका जलचरहरू र पंछीहरूलाई सुरक्षित बासस्थानको रूपमा आश्रय दिइरहेको पाइन्छ। साथै यस्ता जलाधार क्षेत्रबाट पशुहरूले पानी पिउने र किसानहरूले समेत सिँचाइको लागि पानीको प्रयोग गर्दछन्। मानव वस्तीको क्रमिक विकास भूमण्डलीय तापक्रम वृद्धि, जलवायु परिवर्तन, वनजंगल विनास, प्राकृतिक प्रकोप आदिले प्राकृतिक जलक्षेत्रहरू सुक्ने साथसाथै नदी नाला तथा खोला छेउछाउ अव्यवस्थित बसोबास र त्यहाँबाट निस्किएका फोहोर र ढलको उचित व्यवस्थापन अभावले नदी तथा खोलाको स्वरुप वातावरण बिग्रिएको देखिन्छ । त्यसकारण यी प्राकृतिक ताल तलाउ तथा खोलानालालाई उचित व्यवस्थापन र संरक्षण गरी पर्यटकीय आकर्षकको केन्द्रको रुपमा विकसित गर्दै लैजानुपर्छ। यसै सन्दर्भमा खोलाको उद्गम महाभारत हुँदै यस गाउँपालिकाको साविकका गा.वि.स.हरुलाई समेट्दै बग्ने नदीहरु निम्न प्रकार रहेका छन् ।
तालिका : नदी तथा खोलानालाहरूको विवरण
क्र. सं. |
खोलाको नाम |
१. |
माथिल्लो बाक्सु खोला |
२ |
मध्य चदाहा खोला |
३ |
किराते खोला |
४ |
सरस्वती खोला |
५ |
तल्लो जिर्घाह खोला |
६ |
तेस्रे खोला |
७ |
जुम्लनी खोला |
८ |
वस्ति बोला |
९ |
माथिल्लो लंगुरखोला |
१० |
तल्लो लंगुरखोला |
११ |
महादह खोला |
१२ |
रेन्ज भालु खोला |
१३ |
माथिल्लो हाडीखोला |
१४ |
रवराई खोला |
१५ |
माथिल्लो चदाह खोला |
१६ |
खारी खोला |
१७ |
बराही खोला |
१८ |
मध्ये तल्लो चदाह |
१९ |
तल्लो चदाह खोला |
२० |
तल्लो जिनाखु खोला |
एउटा विशिष्ट भौगोलिक संरचनाले श्रृजना गरेको हावापानी, जनजीवन, वन वनस्पति र वन्यजन्तु तथा साँस्कृतिक विविधताको कारण नेपाल विश्वमा नै एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित छ। पर्यटन हाम्रो लागि प्रकृतिले प्रदान गरेको बरदान हो । अत्यन्त रमणीय विश्वकै उच्च हिमश्रृंखलाहरू, अनवरत बग्ने कञ्चन हिम नदीहरू, झर्ना, तालतलैया, प्राकृतिक गुफा, विविधतायुक्त वन जंगल यहाँको प्राकृतिक निधिहरू हुन् भने यहाँको संस्कृति, जाति तथा रहनसहन समेत पर्यटनका आकर्षक पक्षहरू हुन् । यी सम्पूर्ण पर्यटकीय सम्पतिको पूर्ण सदुपयोग गरेमा देशको आर्थिक सम्वृद्धिमा उल्लेखनीय योगदान पुयाई देशको अर्थतन्त्रलाई सबल बनाउन सकिने निश्चित छ । तसर्थ पर्यटन नीति २०६५ ले मुलभूत रुपमा पर्यटन मार्फत स्वरोजगार श्रृजना, गरिबी निवारण, मूर्त तथा अमूर्त सम्पदाको खोज अनुसन्धान, हवाई तथा स्थलमार्गको थप विकास र विस्तार गर्ने र पर्यटन पूर्वाधारलाई दिगो विकासको अवधारणा अनुरुप अगाडि बढाउने उद्देश्य लिएको छ ।
सि.नं. |
धार्मिक, प्राकृतिक तथा पर्यटकीय महत्वका स्थलहरू |
स्थलको महत्व |
१ |
लक्ष्मीनारायण मन्दिर |
पुरातन धार्मिक देवता |
२ |
लक्ष्वर्ती गायत्री जात्रा महायज्ञको मन्दिर |
२०५१ साल देखि होमहोमादी गरी विशेष महत्व दिएको |
३ |
जम्वावती गुफा |
पौराणिक किम्वदन्ती तथा देवीदेवताको वासस्थान |
४ |
चमेरे छाँगा |
क्रियास्थल चराचुरुङ्गीहरूको घर |
५ |
साङतेल छोलिङ गुम्बा |
धार्मिक स्थल |
६ |
पेम्छीलिङ गुम्बा |
धार्मिक स्थल |
७ |
दुधकुण्ड महादेव |
धार्मिक देवता |